काठमाडौं । श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले हिन्दु सम्राट सेनासँग सरकारले गरेको सहमतिप्रति प्रश्न उठाउदै देशमा सेनाका नाममा समुह गठन गर्ने छुट दिन नहुने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले सेना गठन गर्न गर्ने अनुमति कसले दिएको हो भन्दै यसका मापदण्ड र क-कसले सेना गठन पाउने हो भन्दै प्रश्न गरेका छन् । सांसद साम्पाङले देशमा एउटै मात्र सेना रहनु पर्छ भन्ने हो...










