ऋतिक रोशनले दिए आफ्नो अफिस भाडामा, पाँच बर्षको सम्झौता

मुम्बई, १७ साउन । बलिउडका सेलिब्रेटीहरूले प्रायः आफ्ना सम्पत्तिहरू बिक्री गर्ने वा भाडामा दिने गरेका छन्।

हालै ऋतिक रोशनले पनि यस्तै सम्झौता गरेका छन्, उनले मुम्बईको अन्धेरी वेस्टमा रहेको करिब ६,००० वर्ग फिटको आफ्नो कार्यालयको ठाउँ ५ वर्षका लागि भाडामा दिएका छन्। यो जानकारी सीआरई म्याट्रिक्सबाट प्राप्त भएको हो।


ऋतिक रोशनले यस सम्पत्तिबापत मासिक १७ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यो सम्पत्ति कुल सातवटा युनिटमा फैलिएको छ र यसको क्षेत्रफल करिब ६,००० वर्ग फिट छ । यसमा पार्किङको सुविधा पनि समावेश छ। कागजातहरूका अनुसार भाडामा लिने व्यक्तिले ६८ लाख रुपैयाँ धरौटी बुझाएका छन्।

भाडा सम्झौता अनुसार सुरुका तीन वर्ष अर्थात १ अप्रिल २०२६ देखि ३१ मार्च २०२९ सम्म मासिक भाडा १७ लाख रुपैयाँ हुनेछ। त्यसपछिका बाँकी दुई वर्ष—१ अप्रिल २०२९ देखि ३१ मार्च २०३१ सम्मभाडा बढाएर प्रतिमहिना १९.५५ लाख रुपैयाँ पुर्‍याइने छ।

ऋतिक रोशनको कामको कुरा गर्दा उनी अन्तिम पटक आलिया भट्टसँग ‘रकी और रानी की प्रेम कहानी’ मा ‘क्यामियो’ भूमिकामा देखिएका थिए। अब उनी चाँडै नै ‘जेलर २’ मा देखिने तयारीमा छन्।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।