सांसद पाण्डेले सेना थर्काए पछि प्रधान सेनापति पुगे प्रधानमन्त्री भेटन

पाण्डेले सेनाका जवान थर्काए पछि प्रधानसेनापति पुगे प्रधानमन्त्री भेटन सिंहदरवार


काठमाडौं, १९ साउन । प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबिच सिंहदरवारमा भेटवार्ता भएको छ।

आज बिहान ११ बजे प्रधानमन्त्रीलाई भेट्न सिग्देल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका थिए। तर, सो भेटबार्ता छोटो समयका लागि मात्रै भएको थियो । सो भेट पछि प्रधानमन्त्री शाहले सुदुरपश्चिमका सांसदहरूसँग सामुहिक छलफल गरेका छन ।

पछिल्लो समय देशको तराई क्षेत्रमा दुई समुदायबिच विवाद देखिएको, गोकर्णेश्वरमा नेपाली सेनाको ब्यारेक रहेको स्थान भत्काउन प्रधानमन्त्री शाह निकट सांसद राजुनाथ पाण्डे आफैँ फिल्डमा गएको तथा प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देल बिच बढदो दुरी कायम रहेको बेला यो भेटघाट भएको हो, जुन अर्थपुर्ण रहेको छ । 


प्रधानमन्त्री भेट्न प्रधानसेनापति सिग्देल सिंहदरबार पुगे पनि के विषयमा छलफल भयो भन्ने विषयमा जानकारी बाहिर आएको छैन । सो अघि गतसाता राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री शाह र प्रधान सेनापति सिग्देल बिच औपचारिक भेटबार्ता भएको थियो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले प्रधानमन्त्रि र प्रधानसेनापति बिच नियमित भेटघाट भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।