हर्क साम्पाङको प्रश्न- सेनाका नाममा समुह गठन गर्ने छुट कसले दियो ?

काठमाडौं । श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले हिन्दु सम्राट सेनासँग सरकारले गरेको सहमतिप्रति प्रश्न उठाउदै देशमा सेनाका नाममा समुह गठन गर्ने छुट दिन नहुने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले सेना गठन गर्न गर्ने अनुमति कसले दिएको हो भन्दै यसका मापदण्ड र क-कसले सेना गठन पाउने हो भन्दै प्रश्न गरेका छन् । 

सांसद साम्पाङले देशमा एउटै मात्र सेना रहनु पर्छ भन्ने हो भने सरकारले विभिन्न नाममा रहेका सेनालाई निषेध गर्नुपर्ने बताउदै त्यस्ता सेना नामका समूहहरुसँग सरकारले वार्ता पनि गर्न नहुने धारणा राखेका थिए । 

उनले गत साउन ५ गते आफुलाई जनकपुरमा अवरोध गरिएको भन्दै लोकतन्त्रमा आफ्नै देशमा जादा पनि अवरोध गरिएको र आफ्ना कार्यकर्तालाई जनकपुरमा अज्ञात समूहले हातपात समेत गरेको बताए । उनले सो घटनाबारे गृहमन्त्रीलाई फोन गरेरै जानकारी गराएपनि अहिलेसम्म कारवाहीको

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।