सुनसरी घटनाको छानबिन गर्न न्यायिक समिति गठन गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले सुनसरी घटनाको छानबिन गर्नको लागि न्यायिक समिति गठन गर्न माग गरेको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन गर्न न्यायिक समिति गठन गर्न माग गरेका हुन् ।

सांसद बरालले सुनसरी घटनामा चार जनाको हत्याको जिम्मा नैतिक रूपमा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए । उनले भने- ‘त्यो दुर्घटनाको यथोचित कारण पत्ता लगाएर समस्याको दिगो समाधानतिर लागौँ । यही दिशामा जाँदा देशको कल्याण हुन्छ, यसमा हठ राख्ने कुरा स्वीकार्य हुँदैन ।’

उनले देशमा ग्यास अभाव भएको र सरकारले व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद बरालले सुस्तामा भारतीय सेना सिभिल ड्रेसमा आएको घटना उठाउदै सरकारलाई सचेत गराएका थिए । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।