अमरेशको सरकारलाई प्रश्न- मधेसका घटनामा लाठीभन्दा पहिला गोली किन चल्छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले मधेशमा केहि घटना हुनासाथ लाठी नचलेर गोली प्रहार किन हुन्छ भन्दै सरकारसँग प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले मधेशप्रति राज्यले हेर्ने दृष्टिकोण परिवर्तन नभएको भन्दै घटना हुनासाथ गोली चलाउने प्रवृति बन्द हुनुपर्ने बताए ।

उनले मधेशमा शिक्षक र डाक्टरको नियुक्तिका लागि पैसा नहुने तर मधेशमा ठुलो संख्यामा सेना र प्रहरी परिचालन गर्न भने पैसा हुने भन्दै सरकारको आलोचना गरेका थिए ।

सांसद सिंहले प्रहरीलाई प्रशिक्षण नपुगेको भन्दै पहिला लाठी र अश्रुग्यास चलाउनु पर्ने भन्दै यसमा सरकारको ध्यानाकर्षण गराए । उनले सुरक्षा निकायमा मधेशको उपस्थिति नभएकोले मधेशमा सेना र प्रहरी जानासाथ कुनै विदेशी पुगेजस्तो अनुभव हुने बताए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।