काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण जारी रहेको बेला सुदूरपश्चिम रोयल्सले श्रीलङ्काली अलराउन्डर थरिन्दु रत्नायकेलाई टिममा आवद्ध गरेको छ । तीस वर्षीय रत्नायके एनपीएल खेल्न काठमाडौँ आइपुगेका छन् । बायाँहाते ब्याटर तथा दायाँहाते र बायाँहाते स्पिन दुवै प्रकारले बलिङ गर्ने क्षमताका कारण उनी फरक शैलीका बलरका रूपमा परिचित छन् । रत्नायकेले श्रीलङ्काका लागि चार टी–२० र २ टेस्ट...










