काठमाडौँ । भारतले न्युजिल्यान्डलाई तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा ६ विकेटले पराजित गर्दै पाँच खेलको शृङ्खलामा ३–० को अग्रता बनाएको छ । अभिषेक शर्माले ३५ बलमै शतक पूरा गर्दै विस्फोटक ब्याटिङ गरेपछि भारतले १९९ रनको लक्ष्य सहज रूपमा पछ्याएको हो । न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९८ रन बनाएको थियो। उसका ड्यारिल मिचेलले ५२ बलमा अविजित ८९ रन बनाए भने फिन एलनले ४० रनको योगदान...










