अभिषेक शर्माको ३५ बलमै शतक, न्युजिल्यान्डविरुद्ध भारत ६ विकेटले विजयी

अ

काठमाडौँ । भारतले न्युजिल्यान्डलाई तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा ६ विकेटले पराजित गर्दै पाँच खेलको शृङ्खलामा ३–० को अग्रता बनाएको छ । अभिषेक शर्माले ३५ बलमै शतक पूरा गर्दै विस्फोटक ब्याटिङ गरेपछि भारतले १९९ रनको लक्ष्य सहज रूपमा पछ्याएको हो । 

न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९८ रन बनाएको थियो। उसका ड्यारिल मिचेलले ५२ बलमा अविजित ८९ रन बनाए भने फिन एलनले ४० रनको योगदान दिएका थिए। भारतका बलरमध्ये अर्शदीप सिंह, अक्षर पटेल र नितीश कुमार रेड्डीले एक–एक विकेट लिए। 

जवाफी ब्याटिङमा उत्रिएको भारतका अभिषेकले आक्रामक सुरुवात गर्दै न्युजिल्यान्डका बलरमाथि दबाब सिर्जना गरेका थिए। उनको ३५ बलमा शतक पूरा गर्ने प्रदर्शन खेलको मुख्य आकर्षण बन्यो । भारतका लागि वैभव सुर्यबंशीले ४५ रन बनाएका थिए । 

यस जितसँगै भारतले शृङ्खलाका लगातार तीन खेल जितेर अन्तिम दुई खेलअघि नै शृङ्खला आफ्नो पक्षमा पार्ने बलियो स्थिति बनाएको छ । अब शृङ्खलाको चौथो खेल  आगामी शुक्रबार हुने छ ।  

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।