अनलाइन ट्रोल र दुर्व्यबहारविरुद्ध रश्मिका र विजयको उजुरी

अ

काठमाडौं । भारतीय अभिनेत्री रश्मिका मन्दाना र अभिनेता विजय देवरकोन्डाको टोलीले सामाजिक सञ्जालमा फैलिएका भ्रामक दाबी, नक्कली सामग्री र अनलाइन दुर्व्यवहारबारे हैदराबादको साइबर अपराध निकायमा उजुरी दिएको छ। ‘कफी विथ करण’को नवौँ सिजनमा दुवै कलाकार सहभागी भएपछि उनीहरूबारे विभिन्न सामग्री सार्वजनिक भएका थिए ।

दुवै कलाकारका व्यवस्थापक पी. निशान्त कुमारले सम्बन्धित सामग्रीका लिङ्क र प्रमाणसहित उजुरी बुझाएका हुन् । टोलीले झुटा भनाइ, फेरबदल गरिएका तस्बिर तथा भिडियो, नक्कली परिचय र सम्बन्धविच्छेदसम्बन्धी अपुष्ट दाबीको निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ ।

कार्यक्रममा दुवैले आफ्नो सम्बन्ध र विवाहको यात्राबारे कुरा गरेपछि सामाजिक सञ्जालमा उनीहरूको अभिव्यक्ति र व्यवहारबारे बहस सुरु भएको थियो । त्यसपछि रश्मिका र विजयले पनि आफ्नो सम्बन्धबारे उठेका टिप्पणीको जवाफ दिएका थिए ।

टोलीले वास्तविक आलोचना र अभिव्यक्ति स्वतन्त्रतामाथि रोक लगाउने उद्देश्य नरहेको स्पष्ट पारेको छ । कानुनविपरीत हुन सक्ने सामग्रीको सत्यता र स्रोत जाँच गरी आवश्यक कारबाही गर्न माग गरिएको छ । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।