टेलिकमले ल्यायो ५९९ मा एनपीएल अनलिमिटेड प्याकेज

ट

काठमाडौँ । नेपाल टेलिकमले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणलाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । यस प्याकेजअन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा प्याकेज खरिद गर्न सक्नेछन् ।

प्याकेजमा ३३३ मिनेट अलनेट भ्वाइस कल गर्न सकिने सुविधा र प्रतिदिन ८ जीबी डाटा उपलब्ध हुनेछ । प्याकेजको समयावधि ३० दिनको हुनेछ। पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि प्याकेजको शुल्क मासिक भाडा शुल्कमै समावेश हुने नेपाल टेलिकमले जनाएको छ ।

यो प्याकेज २०८३ कात्तिक १० गतेदेखि मंसिर ५ गतेसम्म खरिद गर्न सकिनेछ। प्याकेज लिन चाहने ग्राहकले मोबाइलबाट *१४१५*९३ डायल गर्न सक्नेछन्। नेपाल टेलिकमको मोबाइल अनुप्रयोगबाट पनि प्याकेज खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा नेपाल टेलिकम आधिकारिक दूरसञ्चार साझेदारका रूपमा रहेको छ । नेपाली खेलकुद क्षेत्रको विकासका लागि आफू निरन्तर सक्रिय रहेको कम्पनीले जनाएको छ ।2026-10-27 1:40 pm / 2083-07-11 1:40 pm

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।