काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको हो ।
चितवनका लागि डेविड मलानले सर्वाधिक ७० रन बनाए भने देव खनालले १२ रन बनाउँदै स्टम्पिङ आउट भए । कप्तान रवि बोपारा ३२ र डान मुस्ले २९ रनमा अविजित रहेका थिए ।
त्यस्तै, विराटनगरका लागि एन्जेलो म्याथ्यूस, आन्द्रे रसेल र चारिथ आसालंकाले १-१ विकेट लिएका थिए ।

