Home

H

ट्रम्प प्रशासनले लगाएको उच्च दक्ष विदेशी कामदारका लागि एच वनबी भिसाको एक लाख डलर शुल्क खारेज

काठमाडौँ । अमेरिकामा संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले उच्च दक्ष विदेशी कामदारका लागि नयाँ एच वन बी भिसामा लगाएको एक लाख अमेरिकी डलर शुल्क अवैध ठहर गर्दै खारेज गरेको छ । सिबिएस न्युजका अनुसार अमेरिकी जिल्ला न्यायाधीश लियो सोरोकिनले २० राज्यको पक्षमा फैसला सुनाएका हुन् । यी राज्यहरूले सेप्टेम्बरमा ट्रम्प प्रशासनले घोषणा गरेको नयाँ शुल्कलाई चुनौती दिएका थिए । न्यायाधीशले ट्रम्प...

यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू

काठमाडौँ, २६ जेठः विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महशुल नतिर्ने ठूला उद्योगीमाथि सरकारले कठोर कदम चालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सात दिनभित्र बक्यौता रकम भुक्तानी नगरे कडा कदम चाल्ने तयारी गर्नुभएको छ । विगतका सरकारले विभिन्न बहाना बनाउँदै र सेटिङ गर्दै ठूला उद्योगीलाई जोगाउँदै आएकामा वर्तमान...

व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान

भोजपुर, २६ जेठ : भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित मैदानेका किसान पछिल्लो समय व्यावसायिक रुद्राक्ष खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत खेतीभन्दा कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले यहाँका कृषक रुद्राक्ष खेतीलाई मुख्य आयस्रोतका रूपमा विकास गर्न लागिपरेका हुन् । स्थानीय किसान प्रदीप थापाका अनुसार रुद्राक्ष खेतीबाट किसानले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाख रूपैयाँसम्म आम्दानी गर्ने...

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको २ हजारले बढेर तोलाको ३ लाख १ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९९ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर तोलाको ४९२५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी...

डिजिटल कर्जाको दायरा विस्तार, १० लाखसम्म लिन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन, २०७८ मा संशोधन गर्दै डिजिटल कर्जाको दायरा विस्तार गरेको छ । संशोधित व्यवस्थाअनुसार अब लघु, साना तथा मझौला व्यवसायीले पनि डिजिटल माध्यमबाट कर्जा प्राप्त गर्न सक्ने भएका छन् । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको संशोधित मार्गदर्शनअनुसार डिजिटल कर्जालाई थप सहज, व्यवस्थित र व्यवसायमैत्री बनाउने...

भारतको उत्तर प्रदेशबाट थप १३ नेपालीको उद्धार

काठमाडौं । भारतको उत्तर प्रदेशबाट थप १३ नेपालीको उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दुताबासका अनुसार उत्तर प्रदेश प्रहरी र किन इण्डिया नामक संस्थासँगको समन्वयमा देहरादूनबाट १३ जना नेपाली नागरिकको उद्धार गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई हस्तान्तरण गरिएको छ । यसअघि सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभन देखाएर सञ्जालीय ठगीमा पारिएका ४५३ जना नेपाली नागरिकलाई भारतको कुशीनगरबाट उद्धार...

विद्युत प्राधिकरणको महशुल बक्यौता ५० अर्ब, प्राथमिकताका साथ उठाउन मन्त्रीको निर्देशन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको महशुल बक्यौता ५० अर्ब एक करोड भएको भन्दै  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महशुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ अगाडी बढाउन निर्देशन दिएका छन् । प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका उपकार्यकारी निर्देशकहरुको छुट्टाछुट्टै बैठकमा महशुल बक्यौता लामो समयदेखि अल्झिरहेको र रकमसमेत ठूलो रहेको हुँदा यसलाई छिटो फर्स्यौट...

वीरगञ्जका नगरप्रमुख सिंहसहित सात जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध नागरिकता सम्बन्धी कागजातमा किर्ते तथा अनियमितता गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार नगरप्रमुख सिंहले गलत विवरण पेस गरी भट्टराई थरकी एक महिलाकी छोरीलाई आफ्नै छोरी रुविना श्रेष्ठ देखाएर जन्मदर्ता तथा नेपाली नागरिकता प्रमाणपत्र दिलाएको भन्ने उजुरीमाथि अनुसन्धान...

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा हर्क साम्पाङलाई कारवाही

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई ट्राफिक नियम उल्लंघन गरेकोमा कारबाही गरिएको छ । केहि दिनअघि मोबाइलले भिडियो खिच्दै बाइक चलाउदा उनी दुर्घटनामा परेका थिए । सो दुर्घटनामा उनलाई सामान्य चोट समेत लागेको थियो । सो भिडियो उनी आफैले सामाजिक सञ्जालमा राखेका थिए । सो घटनापछि ट्राफिक प्रहरीले उनलाई लापरबाही साथ सवारी चलाएको कसुरमा जरिवाना गरेको हो । प्रहरीले भनेको छ- ‘सामाजिक...

पोखराको बसपार्क क्षेत्रका सुकुम्बासी परिवारको व्यवस्थापनका लागि प्राविधिक समिति गठन

पोखरा । पोखरा महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमा रहेका सुकुम्बासी परिवारहरूको व्यवस्थापनका लागि प्राविधिक समिति गठन गरिएको छ । बसपार्क निर्माणको सन्दर्भमा प्रभावित परिवारहरूको बसोबास व्यवस्थापनका लागि यसअघि गठित जग्गा व्यवस्थापन (खोजी) समितिले सिफारिस गरेका उपयुक्त जग्गामा आवश्यक प्राविधिक अध्ययन तथा प्लट मिलानको कार्य अघि बढाउन समिति गठन गरिएको महानगरपालिकाले जनाएको छ । गठित समितिलाई सिफारिस...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।