Home

H

मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

वर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको बताइएको छ ।

Post Views: 100 13

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी विभिन्न पदमा बढुवा भएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेशन काउन्सिल, पटनाबाट प्राप्त गरेको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै बुधबार विशेष अदालत...

बेलायती राजा चार्ल्सद्वारा दास व्यापारको इतिहासप्रति दुःख व्यक्त

काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीयले आफ्नो देशको दास व्यापारको इतिहासप्रति दुःख व्यक्त गरेका छन् । दास व्यापारमा बेलायतको भूमिका इतिहासको लज्जास्पद पक्ष भएको उल्लेख गर्दै उनले त्यसलाई सम्झँदा आफूलाई गहिरो पीडा हुने बताएका छन् । एन्टिगुवा र बारबुडामा राष्ट्रमण्डल सदस्य राष्ट्रका नेताहरूको बैठक उद्घाटन गर्दै उनले दास प्रथाको इतिहासले अहिले पनि क्यारिबियन क्षेत्रका देश तथा राष्ट्रमण्डलका अन्य...

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ नियन्त्रणमा

चितवन । चितवनको भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणमा परी बेपत्ता भएका स्थानीय ४६ वर्षीय भीम महतोको शव चितवन राष्ट्रिय निकुञ्जभित्र फेला परेको हो । गत सोमबार दिउँसो करिब २ बजे निउरो टिप्न गएका चार जनामध्ये महतोलाई बेथरी खोलानजिक बाघले आक्रमण गरी लगेको थियो। उनीसँगै गएका साथीहरूले सोही दिन साँझ ५ः४५ बजे इलाका प्रहरी कार्यालय...

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउसो १ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयहरूमा छलफल गरि आवश्यक निर्णयहरू हुने सचिवालयले जानकारी दिएको छ ।

Post Views: 100 32

सल्यानको वनबाट लुकाइएका पाँच नाल भरुवा बन्दुक बरामद

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–७ लेक सङ्ग्रहीस्थित सिम्टीगैरा सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको कमान्डमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा बन्दुक फेला पारेको हो । प्रहरीले सामुदायिक वनमा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका तीन नाल साबुत र दुई नाल बिग्रिएको अवस्थामा रहेका भरुवा बन्दुक बरामद गरेको...

ऋण असुलीबाट समस्याग्रस्त ७ सहकारीका १२२ जनाले पाए रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ७ समस्याग्रस्त सहकारीको १२२ जनाको बचत रकम फिर्ता गरेको छ । समितिले सार्वजनिक गरेको विवरण अनुसार नेपाल सहकारी वित्तिय सहकारी, आइडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी, शिवशिखर सहकारीका २३ जनाको पुर्ण बचत र कान्तीपुर सहकारी,गौतमश्री बहुउदेश्यीय सहकारी, कृषि विकास बहुउदेश्यीय सहकारी, श्री लालिगुराँस बहुउदेश्यीय सहकारीको ९९ जनाको आंशिक बचत फिर्ता...

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने तथा दुई देशबीच रहँदै आएको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ । भेटका क्रममा दुई देशबीचको आपसी सहकार्य र सम्बन्धका विविध पक्षबारे विचार...

तिहारका लागि राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन बेच्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुनको असर्फी र चाँदीको मेडालियन बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले कात्तिक १९ र २० गते सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी र १० ग्रामको एक थान चाँदीको मेडालियन बिक्री गरिनेछ । चाँदीको मेडालियनमा लक्ष्मी र...

अमेरिकाको दुवै सदनमा रिपब्लिकनले बहुमत गुमायो, संकटमा ट्रम्प

काठमाडौँ । अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले दुवै सदनमा बहुमत गुमाएको छ । विपक्षी डेमोक्रेटिक पार्टीले सिनेटमा ५२ र प्रतिनिधिसभामा बहुमतका लागि आवश्यक २१८ सिटमा अग्रता हासिल गरेको छ । ४३५ सदस्यीय तल्लो सदन प्रतिनिधिसभाका सबै सिटमा निर्वाचन भएको थियो । प्रारम्भिक मतगणनाअनुसार डेमोक्रेटिक पार्टीले २१८ सिटमा अग्रता बनाएको छ भने ट्रम्पको रिपब्लिकन पार्टी ११३...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।