सल्यानको वनबाट लुकाइएका पाँच नाल भरुवा बन्दुक बरामद

स

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–७ लेक सङ्ग्रहीस्थित सिम्टीगैरा सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको कमान्डमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा बन्दुक फेला पारेको हो । प्रहरीले सामुदायिक वनमा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका तीन नाल साबुत र दुई नाल बिग्रिएको अवस्थामा रहेका भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।

बरामद भएका बन्दुक कसले र कुन प्रयोजनका लागि वनमा राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।