काठमाडौं । नेपाली कांग्रेसका पूर्वप्रवक्ता देवराज चालिसेले पार्टीको आन्तरिक विषयमा हस्तक्षेप नगर्न सत्तारूढ पक्षलाई चेतावनी दिएका छन् । कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ता पक्षको कुनै व्यक्ति वा शक्तिको आवश्यकता नरहेको बताउँदै उनले पार्टी आफ्नै विधान र लोकतान्त्रिक प्रक्रियाबाट सञ्चालन हुने बताएका छन् । चालिसेले कांग्रेसका प्रत्येक सांगठनिक गतिविधि पार्टीको विधानअनुसार हुने र विधान देशको...










