पत्रकारमाथि धरपकडको छानबिन गर्न संसदीय समिति गठन गर्न कांग्रेसको माग

प

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारमाथि भएको धरपकडको छानबिन गर्न संसदीय विशेष समिति गठनको माग गरेको छ ।

सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी धरपकड गर्ने र आदेश दिने दुवै पक्षलाई कानुनी कारबाही गर्न माग गरेको हो ।

कांग्रेसकी प्रमुख सचेतक वासना थापाले संविधान र कानुनभन्दा माथि रहेर शासन सञ्चालन गर्न नपाइने बताइन् । उनले पत्रकारमाथि समाचार कक्षमै प्रहरी परिचालन गर्नु प्रेस स्वतन्त्रता र विधिको शासनविपरीत भएको बताइन् ।

कांग्रेसले प्रेस स्वतन्त्रता, नागरिक अधिकार र संवैधानिक संस्थाको स्वायत्ततामाथि सरकारबाट हस्तक्षेप भइरहेको आरोप लगाउँदै यस्ता गतिविधिको विरोध गर्ने जनाएको छ । साथै, विवादित सरकारी गतिविधिबारे सरकारले जवाफ दिनुपर्ने माग गरेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।