विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसँग बिदाइ भेट गरेका छन् । पाँचवर्षे कार्यकाल पूरा गरी कात्तिक २४ गते बिदा हुन लागेका खापुङलाई मुख्यमन्त्री कार्कीले प्रदेशको विकास, समृद्धि र संघीयता कार्यान्वयनमा पुर्याएको योगदानका लागि धन्यवाद दिएका छन् । भेटमा मुख्यमन्त्री कार्कीले सीमित स्रोतसाधनका बीच प्रदेशको विकास र स्थिरताका लागि भइरहेको प्रयासबारे...










