तीन दिन देखी बेपत्ता कपिलवस्तुको मेयर सिंह मृत फेला

कपिलवस्तु, २४ साउन । तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्व नगरप्रमुख किरण सिंह मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार आइतबार दिउँसो सिंहको शव फेला परेको हो।

‘केहीबेर अघि मात्र उनको शव फेला परेको छ,’ भट्टले भने, ‘हामी घटनाको अनुसन्धान गरिरहेका छौं।’ पुर्व मेयर ६५ वर्षीय सिंह शुक्रबार दिउँसोदेखि बेपत्ता थिए।

शुक्रबार उनले बाटो बिराएको भन्दै एक व्यावसायिक साझेदारसँग सम्पर्क गरेका थिए। एसपी भट्टका अनुसार सिंहले आफ्ना व्यावसायिक साझेदारसँग सम्पर्क गरेको क्षेत्रमै उनको शव फेला परेको हो।

सिंह सन् २०७९ मा नेपाली कांग्रेसबाट कपिलवस्तु नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका थिए।


About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।