कपिलवस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका -०४ जगदिशपुरबाट पेस्तोल सहित तीन जनालाई पक्राउ परेका छन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका –०८ बहादुरगन्जका स्थानियलाई गाउँघरमा डर, धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको भन्ने जानकारी प्राप्त भएपछि उनीहरूको खोजी गर्ने क्रममा विजयनगर गाउँपालिका –०४ जगदिशपुरबाट पेस्तोल सहित तीन जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका –०५ डबरा बस्ने २३ वर्षीय आषिश पाण्डे, जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका –०८ दयानगर बस्ने २१ वर्षीय जितेन्द्र मौरिया र सोही स्थानका १९ वर्षीय विनोद कश्यप रहेका छन् ।

उनीहरूको साथबाट पेस्तोल एक थान र लु. ६१ प. ७०७२ नम्बरको १२५ सीसीको मोटरसाइकल समेत बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।