इलाममा राति सवारी बन्द

इ

इलाम । भारी तथा अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय इलामले असोज ८ गते बेलुकादेखि असोज ११ गते बिहानसम्म रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।

प्रशासनका अनुसार प्रत्येक दिन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मेची राजमार्ग, मेची करिडोरलगायत जिल्लाका सबै सडकमा सवारी सञ्चालनमा रोक लगाइनेछ ।

गत वर्षको वर्षाका कारण सडक तथा पुलहरू अझै जोखिमपूर्ण अवस्थामा रहेकाले सम्भावित दुर्घटना रोक्न यस्तो निर्णय गरिएको हो । प्रशासनले अत्यावश्यक कामबाहेक राति यात्रा नगर्न र अत्यावश्यक अवस्थामा सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।