कपिलवस्तुको बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता

कपिलवस्तु । कपिलवस्तुको यशोधरा  गाउँपालिका- ८ सिहोखोरस्थित बाणगंगा नदीमा नुहाउन गएका दुई बालक शनिबार साँझदेखि नै बेपत्ता भएका छन् । 

नदीमा सँगै तीनजना नुहाउन गएका मध्ये १३ वर्षीय सरफराज मुसलमान र ११ वर्षीय उबैद मुसलमान बाडगंगा नदीमा बेपत्ता भएको वडाध्यक्ष साबुद्दिन मुसलमानले जानकारी दिएका चाहन ।

अर्का बालक अर्बाज पठान भने शनिबार साँझै सकुशल घर फर्केका थिए । बेपत्ता बालकको स्थानीयसहित नेपाल प्रहरी, सशस्त्र प्रहरीको उद्धार टोलीले खोजी कार्य जारी राखेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।