चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक दुवैतर्फबाट पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउन एउटा उपकरण परिचालन गरिएको छ भने थप दुई वटा उपकरण घटनास्थलतर्फ पठाइएको छ ।
पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन करिब ४५ मिनेट लाग्ने अनुमान गरिएको सडक डिभिजनले जनाएको छ । यात्रुलाई आवश्यक सावधानी अपनाउन तथा वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरिएको छ।

