गोरखामा पहिरोले एक घर बगायो

गोरखा । पहिरोले गोरखामा एक घर बगाएको छ । गोरखा नगरपालिका -९ लक्ष्मीबजारस्थित मानसिंह गुरुङको घर पहिरोले लगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

सोमबार बिहान ११ बजे गुरुङको तीनतले पक्की घर जगैदेखि पहिरोमा बगेको हो । घरमा परी सोही घरमा डेरा गरी बस्ने कटरिया नगरपालिका ७ रौतहटका  टोखान महतो घाइते भएका छन् । घाइतेको हाल गोरखा अस्पतालमा उपचार भइरहेको र उनलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।