रबि लामिछानेले गरे धार्मिक अगुवाहरूसँग छलफल

काठमाडौं, १५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले देवानगञ्ज घटना पछिको उत्पन्न परिस्थित सम्हाल्न आज पनि पहलकदमी जारी राखेका छन ।

रास्वपाका प्रमुख सचेतक प्रकाश चन्द्र परियारका अनुसार सभापति लामिछानेले आज धार्मिक अगुवाहरुसँग छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले धार्मिक र सामाजिक सदभाव कायम गर्नका लागि पहलकदमी नगरिरहेको बेला सभापति लामिछानेले गत बुधवार सर्बदलीय बैठक बोलाउने देखी हिजो तराई मधेस केन्द्रित दलका नेताहरूसँग पनि छलफल गरेका थिए ।

उनले आज बिभिन्न धार्मिक समुदायका अगुवाहरूसँग छलफल गरेका हुन् ।

गत अाइतवार देवानगञ्जमा भएकाे झडपमा २ जना र हिजाे सिरहामा भएकाे झडपमा १ जनाकाे ज्यान गए पछि यतिखेर मधेस प्रदेश पुरै अाक्रान्त रहेकाे छ। 


About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।