ब्रोड पिटमा हराइरहेको मध्ये तीन आरोहीकाे स्थान ‘ट्रयाकिङ’

काठमाडौं, १५ साउन ।  ब्रोड पिकमा हराइरहेका १० आरोही मध्य तीनजना पदयात्रीहरूको स्थान पत्ता लागेको स्थानीय अधिकारीहरूले बताएका छन ।

स्थानीय अधिकारीहरूले बीबीसी उर्दुलाई बताए अनुसार करिब ६,००० देखि ७,००० मिटरको उचाइमा तीनजना पदयात्रीहरूको स्थान पत्ता लागेको हो।


विश्व प्रसिद्द आरोही निर्मल पुर्जासहित १० जनाको टोली अचानक आएको पाकिस्तानकाे ब्राेड पिट हिमालकाे हिम पहिरोमा परी बेपत्ता भएका थिए, जसमध्ये ४ को शव फेला परेको स्थानिय ट्रेकिङ कम्पनिले जनाएको छ। तर, तीनीहरूको शव भने अझै पहिचान हुन सकेको अवस्था छैन ।


पर्वतारोहीहरूले प्रायः ठूला हिमालहरू चढ्दा जीपीएस ट्र्याकिङ उपकरणहरू साथमा लैजाने गर्छन्। सन् २०२४ मा नेपाल सरकारले सगरमाथा आरोहीहरूका लागि यस्ता ट्र्याकरहरू साथमा लैजानु अनिवार्य गरेको थियो।

सो आरोहण दलमा १० जना आरोहीहरू रहेका थिए । जसअनुसार अभियान टोलीमा नादिरा अहमद अब्दुल्लाह अल हार्थी (ओमान), सोहेल सखी (पाकिस्तान), वाङ झोङ (चीन), निर्मल पुर्जा अर्थात निमस दाई (नेपाल) पूरबहादुर गुरुङ ‘युक्त’ (नेपाल) किली पेम्बा शेर्पा ‘किलु’ (नेपाल), निमा शेर्पा (नेपाल), नवाङ थिन्दु शेर्पा (नेपाल), ग्यालु शेर्पा (नेपाल) रहेका छन् ।


About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।