ब्रोड पिक हिमपहिरो अपडेट: चार शव फेला

काठमाडौं । पाकिस्तानको ब्रोड पिक क्षेत्रमा गएको हिमपहिरोमा बेपत्ता चार जना आरोहीको शव भेटिएको छ ।

पाकिस्तान अल्पाइन क्लबका अनुसार चार जनाको शव भेटिएको छ । शवको पहिचान हुन बाँकी रहेको बताइएको छ ।

ब्रोड पिकमा आएको हिमपहिरोपछि बेपत्ता भएका अन्य आरोहीहरूको खोज तथा उद्धार कार्य भने अझै जारी रहेको छ । बिबिसी उर्दुका अनुसार स्थानीय अधिकारीहरुले तीन ट्रयाकरको लोकेसन फेला परेको छ । उनीहरुको लोकेसन ६ हजार देखि ७ हजार मिटर उचाईमा रहेको उल्लेख गरिएको छ । 

आरोहीहरूको खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन पाकिस्तानी सेनाका दुईवटा उद्धार हेलिकोप्टर परिचालन गरिएको बताइएको छ । हेलिकोप्टरमार्फत उद्धारकर्मी तथा आवश्यक विशेष उपकरण घटनास्थलतर्फ पठाइएको पाकिस्तानको अल्पाइन क्लबले जनाएको छ ।

हिमपहिरोमा बेपत्ता हुनेहरूको सूचीमा ओमानकी नधिरा अहमद अब्दुल्ला अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, अमेरिकाकी म्यालोरी गाइस तथा नेपालका निर्मल पुर्जा (निम्स दाइ), पुरबहादुर गुरुङ (युक्ता), किली पेम्बा शेर्पा (किलु), नीमा शेर्पा, न्वाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।