Category

राजनीति

र

देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

बिराटनगर, १४ साउन । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवाको पनि मृत्यु भएको छ। उपचारकै क्रममा उनको आज मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विराटनगरको न्युरो अस्पतालमा उपचारकै क्रममा रहेका देवानगन्जकै २२ वर्षीय जयप्रकाश मेहताको आज दिउँसो मृत्यु भएको हो । आइतवार राती भएको झडपमा प्रहरीले चलाएको गोली उनको पेटमा लागे पछि गम्भिर अवस्थामा उनलाइ बिराटनगर अस्पताल...

सिरहाको गोलबजारमा अनिश्चितकालिन कर्फ्यु

सिरहा, १४ साउन । सिरहाको गोलबजारमा कर्फ्यु आदेश जारी गरेको छ।  जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन तथा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिए पछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार अर्को सुचना नभएसम्मका लागि कर्फ्यु लगाइएको हो। जिल्ला प्रशासन कार्यालय सिरहाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको जनाएको छ। कर्फ्यु २०८३ साउन १४ गते...

प्रचण्डको चेतावनी- बहुमतको दम्भ नदेखाउनु, सरकार पुरानाभन्दा पनि पछि पर्यो

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बहुमतको दम्भ नदेखाउन रास्वपालाई चेतावनी दिएका छन् । विहिबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संख्या अस्थायी भएकाले बहुमतको दम्भ नदेखाउन चेतावनी दिएका हुन् । उनले भने- ‘संख्या अस्थायी हो । मुख्य कुरा राष्ट्रप्रतिको जिम्मेवारी हो । जनताप्रति उत्साह ल्याउनुपर्छ ।’ साथै प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहलाई पुराना...

देशको समग्र राजनीतिक अवस्था सहज छैन- प्रचण्ड

2026-7-30 1:40 pm / 2083-04-14 1:40 pm काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको समग्र राजनीतिक अवस्था सहज नभएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशको समग्र राजनीतिक अवस्था सहज नरहेको उल्लेख गर्दै सरकारका गतिविधिले जनताको अपेक्षा पूरा गर्न नसकेको बताएका हुन् । प्रचण्डले भने- ‘गत निर्वाचनमा जनताले ठूलो अपेक्षासहित अभिमत दिएका थिए। तर...

प्रधानमन्त्री शाहबाट संसदको चरम अपमान भयो- अर्जुननरसिंह केसी

2026-7-30 1:30 pm / 2083-04-14 1:30 pm काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाहले संसदको चरम अपमान गरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टिकरण माग गरिँदै आएको भए पनि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गरेको र यसले संसदको चरम अपमान भएको बताए । उनले भने...

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाखको बजेट स्वीकृत

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले नेपाल सरकारबाट विनियोजित पाँच अर्ब ९९ करोड २१ लाख रुपैयाँ र आयोगको आन्तरिक स्रोततर्फ ५६ करोड चार लाख ९८ हजार रुपैयाँ बराबरको...

निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्त संसदीय सुनुवाई समितिबाट अनुमोदित

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त मानबहादुर कार्की र आयुक्त पदमा सिफारिस भएका डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई अनुमोदन गरेको छ ।    बुधबार बसेको समितिको बैठकले आयोगको प्रमुख आयुक्तमा सिफारिस कार्की र दुई आयुक्त पदमा सिफारिस भएका सुब्बा र वाग्लेलाई सर्वसम्मत अनुमोदन गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका छन् ।  संवैधानिक परिषद्को...

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी कार्यालय काठमाडौं वनस्थलीमा बसिरहेको छ । चितवनमा भएको पहिलो महाधिवेशनपछि रास्वपाको दोस्रो पटक केन्द्रीय समिति वैठक बसेको हो ।

आजको बैठकमा महाधिवेशनको समीक्षा, कार्यविधि तय र तर्जुमा, सांगठनिक व्यवस्थापन, मनोनयन र भावी कार्यक्रमहरुका बारेमा छलफल हुने बताइएको छ ।

Post Views: 100 44

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउसो ३ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ । 

Post Views: 100 47

राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेट, सर्वदलीय बैठकबारे जानकारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । बुधबार शीतल निवासस्थित राष्ट्रपति भवन पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग समसामयिक राजनीतिक अवस्था तथा पछिल्ला घटनाक्रमबारे छलफल गरेका हुन् । भेटका क्रममा लामिछानेले सुनसरी घटनापछि विकसित परिस्थितिबारे जानकारी गराउनुका साथै उक्त विषयमा छलफल गर्न आफूले आह्वान गरेको सर्वदलीय...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।