निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्त संसदीय सुनुवाई समितिबाट अनुमोदित

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त मानबहादुर कार्की र आयुक्त पदमा सिफारिस भएका डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई अनुमोदन गरेको छ ।   

बुधबार बसेको समितिको बैठकले आयोगको प्रमुख आयुक्तमा सिफारिस कार्की र दुई आयुक्त पदमा सिफारिस भएका सुब्बा र वाग्लेलाई सर्वसम्मत अनुमोदन गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका छन् । 

संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र आयुक्त पदमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

संबैधानिक व्यवस्था अनुसार समितिको अनुमोदनपछि अब राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।