2026-7-30 1:40 pm / 2083-04-14 1:40 pm
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको समग्र राजनीतिक अवस्था सहज नभएको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशको समग्र राजनीतिक अवस्था सहज नरहेको उल्लेख गर्दै सरकारका गतिविधिले जनताको अपेक्षा पूरा गर्न नसकेको बताएका हुन् ।
प्रचण्डले भने- ‘गत निर्वाचनमा जनताले ठूलो अपेक्षासहित अभिमत दिएका थिए। तर, सरकारका क्रियाकलापले ती अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन । बरु दिनप्रतिदिन परिस्थिति अझ असहज बन्दै जाने हो कि भन्ने चिन्ता बढेको छ ।’
प्रचण्डले सुनसरी, मोरङलगायत क्षेत्रमा सिर्जित परिस्थितिलाई संवाद र सहकार्यको माध्यमबाट समाधान गर्नुपर्ने बताउदै घटनाको सत्यतथ्य निष्पक्ष रूपमा बाहिर ल्याउन सरकारसँग माग गरेका थिए ।
उनले संवेदनशील र महत्वपूर्ण विषयमा छलफल भइरहेका प्रधानमन्त्री र गृहमन्त्रीको सर्बदलीय बैठकको अनुपस्थितिप्रति पनि चिन्ता व्यक्त गरेका थिए ।
उनले रास्वपाका नेताहरुलाई विशेष आग्रह गर्दै परिस्थितिको गम्भीर रुपमा अध्ययन गर्न आग्रह गरेका थिए ।

