बिराटनगर, १४ साउन । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवाको पनि मृत्यु भएको छ।
उपचारकै क्रममा उनको आज मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विराटनगरको न्युरो अस्पतालमा उपचारकै क्रममा रहेका देवानगन्जकै २२ वर्षीय जयप्रकाश मेहताको आज दिउँसो मृत्यु भएको हो ।
आइतवार राती भएको झडपमा प्रहरीले चलाएको गोली उनको पेटमा लागे पछि गम्भिर अवस्थामा उनलाइ बिराटनगर अस्पताल लगिएको थियो । मोरङ प्रहरीका सूचना अधिकारी तथा डिएसपी मकेन्द्रकुमार मिश्रले दिएको जानकारीअनुसार उपचारकै क्रममा रहेका उनको मृत्यु भएको हो ।
आइतबार राति देवानगन्जमा भएको घटनामा ८ युवा प्रहरीको गोली लागेर घाइते भएका थिए, एकजनाको तत्कालै घटनास्थलमा मृत्यु भएको थियो ।
सो घटनामा परी मृत्यु हुनेको संख्या अब दुई पुगेको छ।

