प्रधानमन्त्री शाहबाट संसदको चरम अपमान भयो- अर्जुननरसिंह केसी

2026-7-30 1:30 pm / 2083-04-14 1:30 pm

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाहले संसदको चरम अपमान गरेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टिकरण माग गरिँदै आएको भए पनि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गरेको र यसले संसदको चरम अपमान भएको बताए ।

उनले भने- ‘४४ दिनसम्म चलेका दुई अधिवेशनका क्रममा प्रधानमन्त्री जम्मा दुई/तीन घण्टा मात्र संसदमा उपस्थित हुनुभयो। सीमासम्बन्धी अभिव्यक्तिमा निरन्तर स्पष्टिकरण माग हुँदा पनि उहाँको यस्तो उपस्थितिले संसदको चरम अपमान भएको छ।’

केसीले प्रधानमन्त्रीको कार्यशैलीलाई आत्मकेन्द्रित र अहंकारी भएको टिप्पणी गर्दै यसले हुकुमी शासनको झल्को दिएको टिप्पणी गरे ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।