सिरहा, १४ साउन । सिरहाको गोलबजारमा कर्फ्यु आदेश जारी गरेको छ।
जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन तथा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिए पछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार अर्को सुचना नभएसम्मका लागि कर्फ्यु लगाइएको हो।
जिल्ला प्रशासन कार्यालय सिरहाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको जनाएको छ। कर्फ्यु २०८३ साउन १४ गते दिउँसो २ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि लागू रहने छ।
जस अनुसार पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका वडा नम्बर ३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चौकसम्म लागू गरिएको छ। यस्तै उत्तरतर्फ गोलबजार वडा नम्बर ६ स्थित सैनिक चौकदेखि दक्षिणतर्फ गोलबजार वडा नम्बर ४ को राप्रराप्र बहुमुखी क्याम्पस वरपरको क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरिएको छ।

