Category

राजनीति

र

मधेशमा लागूऔषध कारोबार बढ्दो, २८११ जना पक्राउ

सुभाष कायस्थ जनकपुरधाम, २५ भदौ । मधेश प्रदेशमा लागूऔषधको कारोबार निकै बढदै गएको छ । प्रदेशका विभिन्न जिल्लाबाट बुधबार मात्रै ४ जनालाई ठूलो परिमाणमा लागूऔषध सहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा २/२ जना भारतीय र नेपाली रहेका छन् ।  प्रहरीले दिएको जानकारी अनुसार पर्साको वीरगञ्जबाट दुई जना भारतीय नागरिकलाई लागूऔषधसहित पक्राउ गरिएको छ । प्राप्त जानकारी...

कर्णाली प्रदेश सरकारले ५१ करोडभन्दा बढी बेरुजु असुलउपर गर्नुपर्ने

शेरबहादुर थापा/सुर्खेत, २० भदौ । कर्णाली प्रदेशलाई संघीय सरकारले दिने अनुदान बजेटमा निरन्तर बेरुजु थपिँदै गएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख रत्नप्रसाद सुवेदीका अनुसार आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म कर्णाली प्रदेश सरकारले ५१ करोडभन्दा बढी रकम असुलउपर गर्नुपर्ने देखिएको छ । असुलउपर गर्नुपर्ने शीर्षकमा सबैभन्दा बढी भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको रहेको छ । यो...

कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक बस्दै, चार एजेन्डामा छलफल हुने

काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक आज बिहान ११ बजे बस्दै छ। सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हो। प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयका अनुसार बैठकका लागि चार प्रमुख एजेन्डा तय गरिएका छन्। बैठकमा रसुवाको भोटेकोशीमा आएको बाढी, सर्वदलीय बैठकका निर्णयहरू र तिनको कार्यान्वयन प्रक्रिया, सरकारले हालै गठन गरेका विभिन्न...

खाजाको पैसा बचाएर बाढीपीडितलाई ८१ हजार १८१ रुपैयाँ सहयोग

मुकेश कुमार यादव/ सिरहा २५ भदौ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारहरूको सहयोगार्थ गोलबजारस्थित हिमालयन पब्लिक स्कुलले ८१ हजार १८१ रुपैयाँ राहत सहयोग गरेको छ। विद्यालयका प्ले ग्रुप (PG) देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजाका लागि छुट्याइएको रकमबाट सहयोग गरेका हुन्।  विद्यार्थीहरूको अभियानमा शिक्षक तथा कर्मचारीले समेत साथ दिएका छन्...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रकरणको रिट खारेज

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग प्रकरणको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाई सकिएपछि महाभियोगको औचित्य सकिने गरी रिट खारेज गरिएको हो ।  प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा र शारङ्गा सुवेदी संलग्न संवैधानिक इजलासले महाभियोग प्रकरणको रिट खारेज गरिदिएको छ ।...

श्रीलंकाद्वारा नेपाललाई १० लाख अमेरिकी डलर सहयोग हस्तान्तरण

काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलंकाका राजदूत रुवन्थी डेल्पिटियाले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेकी छन् । भेटका क्रममा राजदूत डेल्पिटियाले विपद्को यस कठिन समयमा श्रीलंका सरकार र त्यहाँका जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेकी थिइन् । उनले विनाशकारी बाढीपछि जारी मानवीय तथा राहत कार्यमा सहयोग पुर्‍याउन...

रवि लामिछानेले संसदमा भने- पिडामा रहेका नागरिकको आक्रोश स्वाभाविक, नकारात्मक टिप्पणी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट ज्यान गुमाएकाहरु जलवायु अन्यायको शिकार भएको बताएका थिए । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले आफ्नो दोष नभएका नेपाली र विदेशी नागरिकले अनाहकमा ज्यान गुमाएको बताउदै समयक्रममा उनीहरुले न्याय पाउने आशा व्यक्त गरेका थिए । संसदमा सम्बोधन गर्दै लामिछानेले बाढीपछिको राहत र उद्धारमा खटिएका सुरक्षा निकाय...

ग्यास अभावले बजारमा मुख देखाउन नहुने अवस्था बन्यो- रास्वपा सांसद चौलागाई

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईले ग्यास अभावका कारण बजारमा मुख देखाउन नहुने अवस्था बनेको टिप्पणी गरेका छन्  । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौलागाईले ग्यास अभावका कारण बजारमा मुख देखाउन नहुने अवस्था बनेको बताएका हुन्  । उनले भने- हामीलाई ग्यासको हाहाकारको कारणले बजारमा अहिले मुख देखाउन नहुने अवस्था बनेको छ । सरकार के हेरेर...

बाढीपछि अमेरिकाले बोल्डिनलाई कार्यवाहक राजदूत नियूक्त

काठमाडौँ । अमेरिकी सरकारले नेपालका लागि कार्यवाहक राजदूतमा मेगन बोल्डिनलाई पठाएको छ । बोल्डिनले आगामी केही महिना नेपालका लागि  रूपमा जिम्मेवारी सम्हाल्ने अमेरिकी दुताबासले जनाएको छ । बाढीबाट प्रभावित अमेरिकी नागरिकलाई सहयोग गर्नुका साथै बाढीपछिको प्रतिकार्य र पुनर्लाभका काममा उनले नियोग उपप्रमुख स्कट अर्बमसँग सहकार्य गर्ने दूतावासले जनाएको छ । बोल्डिन यसअघि सन् २०२४ को अगस्टदेखि...

जेनजी आन्दोलन सरकारको कार्यशैली सुधारका लागि थियो- अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलन सरकार परिवर्तनका लागि मात्रै नभई सरकारको कार्यशैलीमा सुधारका लागि भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले जेनजी आन्दोलन संस्कार परिवर्तन, र सरकारको कार्यशैली परिवर्तनका लागि भएको बताएका हुन्। उनले भने- ‘जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो । संस्कार...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।