कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक बस्दै, चार एजेन्डामा छलफल हुने

काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक आज बिहान ११ बजे बस्दै छ। सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हो।

प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयका अनुसार बैठकका लागि चार प्रमुख एजेन्डा तय गरिएका छन्। बैठकमा रसुवाको भोटेकोशीमा आएको बाढी, सर्वदलीय बैठकका निर्णयहरू र तिनको कार्यान्वयन प्रक्रिया, सरकारले हालै गठन गरेका विभिन्न समितिहरूको कार्यसम्पादन तथा अन्य समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूको सहभागिता रहने जनाइएको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।