श्रीलंकाद्वारा नेपाललाई १० लाख अमेरिकी डलर सहयोग हस्तान्तरण

काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलंकाका राजदूत रुवन्थी डेल्पिटियाले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेकी छन् ।

भेटका क्रममा राजदूत डेल्पिटियाले विपद्को यस कठिन समयमा श्रीलंका सरकार र त्यहाँका जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेकी थिइन् ।

उनले विनाशकारी बाढीपछि जारी मानवीय तथा राहत कार्यमा सहयोग पुर्‍याउन श्रीलंका सरकारले नेपाललाई १० लाख अमेरिकी डलर आर्थिक सहयोग गर्ने जानकारी दिँदै सहयोग रकम हस्तान्तरण गरेकी थिइन् ।

परराष्ट्रमन्त्री खनालले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि श्रीलंका सरकार तथा जनताप्रति गहिरो आभार व्यक्त गरेका थिए। उनले यो सहयोग दुई देशबीचको पुरानो मित्रता र पारस्परिक सहकार्यको प्रतिबिम्ब भएको बताएका थिए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।