ग्यास अभावले बजारमा मुख देखाउन नहुने अवस्था बन्यो- रास्वपा सांसद चौलागाई

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईले ग्यास अभावका कारण बजारमा मुख देखाउन नहुने अवस्था बनेको टिप्पणी गरेका छन्  ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौलागाईले ग्यास अभावका कारण बजारमा मुख देखाउन नहुने अवस्था बनेको बताएका हुन्  ।

उनले भने- हामीलाई ग्यासको हाहाकारको कारणले बजारमा अहिले मुख देखाउन नहुने अवस्था बनेको छ । सरकार के हेरेर बस्सेको छ ।’   

 साथै चौलागाईले मंगलबार जेनजी शहिदको नाममा आयोजना गरिएको कार्यक्रममा विवादस्पद व्यक्तिहरुलाई सहभागी गराइएकोप्रति सरकारलाई प्रश्न गरेका छन् 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।