Category

विविध

तिम्माका किसानलाई आधुनिक मौरीघार बनाउन तालिम

भोजपुर, १९ जेठः जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसानलाई आधुनिक मौरीघार निर्माणसम्बन्धी तालिम सञ्चालन गरिएको छ । स्थानीयस्तरमै सीप विकास गरी व्यावसायिक मौरीपालनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका २० किसानलाई तालिम दिइएको हो । हालै सम्पन्न तालिममा सहभागीलाई सात दिनसम्म आधुनिक प्रविधिमा आधारित मौरीघार निर्माण गर्ने विधि, मौरी व्यवस्थापन, मौरीका रोग तथा कीरा नियन्त्रण, मह उत्पादन र...

विषादीरहित तरकारी उत्पादन गर्दै किसान

टीकापुर, १९ जेठः कैलालीको टीकापुर र जानकीका किसानको बारीमा फलेको तरकारी खानयोग्य पाइएको छ । विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइ अत्तरियाले टीकापुर र जानकीमा व्यावसायिक रूपमा खेती गरिरहेका १४ किसानको बारीका तरकारीको नमूना सङ्कलन गरी ‘कार्वामेट’ र ‘अर्गानोफस्फेट’ समूह कीटनाशक विषादीको प्रयोग परीक्षण गर्दा तरकारी खानयोग्य पाइएको हो । प्रयोगशालाले किसानका बारी र हाटबजारमा बिक्रीमा राखिएका...

सरकारी कामकाजमा स्थानीय भाषा प्रयोगको नीति कार्यान्वयनमा जोड

मलेखु (धादिङ), १९ जेठः बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषा (नेवारी)लाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएसँगै यसको व्यवहारिक व्यवहारिक कार्यान्वयनका लागि तयारी सुरु भएको छ । सरकारी कामकाजमा रैथाने भाषाको प्रयोगले सेवा प्रवाहलाई सरल, समावेशी र पारदर्शी बनाउन मद्दत पुग्ने अपेक्षासहित सरकारले कामकाजको भाषा कार्यान्वयनको नीति अगाडि सोरेको छ । सोहीअनुसार कार्यान्वयनलाई प्रभावकारी बनाउने...

अदालतमा सुधार गर्न प्रधानन्यायाधीश डा. शर्माको २१ बुँदे निर्देशन

काठमाडौँ ।  प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले  १८ महिना नाघेका मुद्दा शून्यमा झार्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । २१ बुँदे निर्देशन जारी गर्दै प्रधानन्यायाधीश डा.शर्माले सुधारलाई पुराना बक्यौता मुद्दाहरूको न्यूनीकरणका लागि भएका प्रयास र उपलव्धिहरूलाई निरन्तरता दिँदै त्यस प्रकारका मुद्दाहरूको फर्स्योटलाई विशेष प्राथमिकता र संवेदनशीलताका साथ लिई यस आर्थिक वर्षको अन्तसम्म...

सुर्खेतबाट अनुमानित ३ करोड बराबरको सुनका गहना र नगदसहित एक जना पक्राउ

सुर्खेत । सुर्खेतबाट  अनुमानित ३ करोड बराबरको सुन र स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् ।  सुर्खेत प्रहरीका अनुसार नेपालगन्ज स्थायी ठेगाना भएर हाल सुर्खेतमा बसोबास गर्ने ६३ बर्षिय श्याम सुन्दर अग्रवाल करिब ३ करोड बराबरको सुन र चाँदीका गहना तथा २ लाख १९ हजार नेपाली र ८ लाख ११ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् ।  उनलाई प्रहरीले सोमबार वीरेन्द्रनगर-६ स्थित तल्लो...

दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो । राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुती, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग लगायतको हत्या भएको थियो...

वीरगञ्ज महानगर प्रमुख सिंह पक्राउ

वीरगञ्ज (पर्सा), १९ जेठः वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको छ । पर्सा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको १० दिनपछि आज उहाँलाई पर्साको ठोरीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु कार्कीले लुकीछिपी बसेका नगरप्रमुख सिंहलाई ठोरीबाट पक्राउ गरिएको पुष्टि गर्नुभयो । “हामीले उहाँको खोजीका लागि...

सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने

सुदूरपश्चिम, १९ जेठः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आयोजना छनोट तथा प्रथमिकीकरण प्रक्रियालाई परिणामुखी बनाउन छनोटसम्बन्धी मापदण्ड र आयोजना बैंकलाई आधार लिई कार्यक्रम कार्यान्वयन गर्ने नीति लिएको छ । प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३ /०८४ को नीति तथा कार्यक्रममा सङ्घ र प्रदेशको चालु आवधिक योजना, आगामी दोस्रो पञ्चवर्षीय...

मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

काठमाडौँ, १९ जेठः आज मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ । यस्तै, देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । यसैगरी, देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम...

पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

पर्वत, १९ जेठः पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरडाँडाखर्कस्थित वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग१ज ५८६५ नम्बरको जिप अँधेरीनेटा भन्ने स्थानमा दुर्घटना हुँदा वडासदस्य ५२ वर्षीय केशवराज पौडेलको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।