सुर्खेतबाट अनुमानित ३ करोड बराबरको सुनका गहना र नगदसहित एक जना पक्राउ

सुर्खेत । सुर्खेतबाट  अनुमानित ३ करोड बराबरको सुन र स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । 

सुर्खेत प्रहरीका अनुसार नेपालगन्ज स्थायी ठेगाना भएर हाल सुर्खेतमा बसोबास गर्ने ६३ बर्षिय श्याम सुन्दर अग्रवाल करिब ३ करोड बराबरको सुन र चाँदीका गहना तथा २ लाख १९ हजार नेपाली र ८ लाख ११ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् । 

उनलाई प्रहरीले सोमबार वीरेन्द्रनगर-६ स्थित तल्लो बजारमा रहेको शिव इम्पोरियममा नगद र गहना धितो राखी ब्याजमा नगद दिने गरेको सूचनाका आधारमा पक्राउ गरेको जानकारी दिएको छ । उनीसँग एक थान पैसा गन्ने मेशिन समेत बरामद भएको प्रहरीले जनाएको छ । 

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।