Category

राष्ट्रिय समाचार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १०५ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४  जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा काठमाडौँ उपत्यकामा २ जना र मधेश र सुदूरपश्चिम प्रदेशमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १०५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २५ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १९ जना घाइते...

गेटामा यसैबर्षबाट पठनपाठन सुरु नभए अनसन बस्ने गोपाल हमालको घोषणा

धनगढी। धनगढी उपमहानगर प्रमुख गोपाल हमालले गेटा मेडिकल विश्वविद्यालयमा यही शैक्षिक सत्रबाटै एमबीबीएस तहको पठनपाठन सुरु नभए अनसन बस्ने घोषणा गरेका छन् । हमालले डा. गोविन्द केसीले अनसन बसिरहेका बेला हमालले गेटा मेडिकल कलेज अहिले विश्वविद्यालयको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै अब थप ढिलाइ नगरी यही शैक्षिक सत्रबाटै पठनपाठन सुरु हुनुपर्ने माग राखेका छन् । उनले विश्वविद्यालयका पदाधिकारी नियुक्ति जो...

काठमाडौंको तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ तीनथाना स्थित सडकखण्डमा सोमबार बिहान स्कुटर र मिनी ट्रक एक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान २: ५८ बजे सतुंगलबाट कलंकीतर्फ आउँदै गरेको बा.प्र.०२-०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ आउँदै गरेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका स्कुटर चालक र पछाडि सवार...

गैंडाकोटमा मन्दिर नजिक अचेत अवस्थामा फेला परेका दुई महिलाको मृत्यु

चितवन । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैंडाकोट नगरपालिका-१० अकलामाई मन्दिर नजिक अचेत अवस्थामा फेला परेका दुई महिलालाई चिकित्सकले मृत घोषणा गरेका छन् । मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका-९ घर भई हाल गैंडाकोट नगरपालिका-१२ हर्कपुरमा डेरा गरी ज्याला मजदुरी गर्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई हाल गैंडाकोट नगरपालिका-१० पितौजीस्थित गाई फार्ममा काम गर्दै आएकी करिब ४५ वर्षीया कान्छी...

म्याग्दीमा पहिरो: एक वृद्धको मृत्यु, तीन जनाको सकुशल उद्धार

म्याग्दी । म्याग्दीमा अविरल वर्षापछि खसेको पहिरोले दुई छुट्टाछुट्टै स्थानमा घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ भने अर्को घटनामा एकै परिवारका तीन जनाको सकुशल उद्धार गरिएको छ । सोमबार बिहान करिब २ बजे धवलागिरि गाउँपालिका-७ धारापानी तल्लो हाडेभिर स्थित टकदेवी थापाको घरमाथिबाट पहिरो खस्दा घर पुरिएको थियो । घरमा रहेका तीनै जनाको प्रहरी र स्थानीयवासीको सहयोगमा सकुशल उद्धार गरिएको हो । उद्धार...

सिमलताल नजिकको पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान पहिरो खस्दा अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान खसेको पहिरो हटाएपछि उक्त सडकखण्डमा सवारीसाधनको आवागमन पुनः सुचारु गरिएको हो ।  यसअघि पहिरोका कारण केही समयका लागि दुवैतर्फको यातायात अवरुद्ध भएको थियो । पहिरो हटाउने कार्य सम्पन्न भएपछि सडकमा सवारी आवागमन सामान्य रूपमा सञ्चालनमा आएको...

सुनसरीका पाँच बजार क्षेत्रमा कर्फ्यु

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् । कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा...

सुनसरीमा दुई समूहबिच झडप: प्रहरीको गोली लागेर एक जनाको मृत्यु

विराटनगर । सुनसरीको कप्तानगन्जमा दुई समूहबीच बढेको विवाद नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन् । सुनसरी प्रहरीका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याउनासाथ गएराती चिकित्सकले मृत घोषणा गरेका थिए । ​दुई पक्षबीचको सामान्य विवाद उग्र बन्दै...

नागढुंगा-सिस्ने खोला सुरुङमार्ग आजदेखि सञ्चालनमा आउदै

काठमाडौँ । नागढुंगा–सिस्ने खोला सुरुङमार्ग निर्माण सुरु भएको ८० महिनापछि आजदेखि चौबीसै घण्टा सञ्चालनमा आउदैछ ।  आज नागढुंगा सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिकोले नेपालस्थित जापानी राजदूत माएदा तोरुले संयुक्त रुपमा गर्न लागेका छन् ।  सुरुङमार्ग निर्माण आयोजनाका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल र...

पहिरो र बाढीले देशका दर्जनभन्दा बढी सडक अवरुद्ध

काठमाडौँ । लगातारको वर्षापछि आएको पहिरो, लेदो र नदी कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरीले केही सडकखण्डमा पूर्ण रूपमा सवारी आवागमन रोकिएको तथा केही सडकमा रातिको समयमा मात्र सञ्चालनमा रोक लगाइएको जनाएको छ । प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।