काठमाडौंको तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ तीनथाना स्थित सडकखण्डमा सोमबार बिहान स्कुटर र मिनी ट्रक एक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ ।

सोमबार बिहान २: ५८ बजे सतुंगलबाट कलंकीतर्फ आउँदै गरेको बा.प्र.०२-०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ आउँदै गरेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक र पछाडि सवार महिलालाई तत्काल उद्धार गरी कलंकीस्थित शहीद मेमोरियल अस्पताल पुर्‍याइएको थियो। दुवैको अवस्था गम्भीर भएपछि थप उपचारका लागि बी एण्ड बी अस्पताल, ग्वार्को, ललितपुर रिफर गरिएको थियो ।

दुर्घटनामा काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२ हरियाली बस्ने ४० वर्षीय दीपक नेपालको उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

यस्तै, स्कुटरको पछाडि सवार काठमाडौंको चन्द्रागिरि नगरपालिका-१४ बस्ने ५६ वर्षीया शुभद्रा कुमारी नेपाललाई बिहान ७: ५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनापछि स्कुटर ट्राफिक प्रहरी प्रभाग कलंकीको नियन्त्रणमा रहेको छ भने मिनी ट्रक र चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।