गेटामा यसैबर्षबाट पठनपाठन सुरु नभए अनसन बस्ने गोपाल हमालको घोषणा

धनगढी। धनगढी उपमहानगर प्रमुख गोपाल हमालले गेटा मेडिकल विश्वविद्यालयमा यही शैक्षिक सत्रबाटै एमबीबीएस तहको पठनपाठन सुरु नभए अनसन बस्ने घोषणा गरेका छन् ।

हमालले डा. गोविन्द केसीले अनसन बसिरहेका बेला हमालले गेटा मेडिकल कलेज अहिले विश्वविद्यालयको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै अब थप ढिलाइ नगरी यही शैक्षिक सत्रबाटै पठनपाठन सुरु हुनुपर्ने माग राखेका छन् ।

उनले विश्वविद्यालयका पदाधिकारी नियुक्ति जो भएपनि आफुहरुलाई सरोकार नभएको भन्दै सुदूरपश्चिमबासीको माग अध्ययन शूरु हुनुपर्ने र अस्पताल सन्चालन हुनुपर्ने रहेको बताएका छन् । हमालले आफुले अनसनको नेतृत्व गर्ने भन्दै सबै सुदूरपश्चिमबासीले साथ दिन आग्रह गरेका छन् ।

सरकारले गेटा मेडिकल विश्वविद्यालयमा पदाधिकारी नियुक्त गरेर संचालनको प्रक्रिया अगाडी बढाएपछि अभियन्ता डा. गोविन्द केसीले विभिन्न माग राखेर अनसन शुरु गरेका छन् । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।