काठमाडौँ — प्रत्येक वर्ष जुलाई २९ मा मनाइने ‘विश्व बाघ दिवस’का अवसरमा आज कृषि, वन तथा पर्यावरण मन्त्रालयले पछिल्लो राष्ट्रिय बाघ गणनाको तथ्याङ्क सार्वजनिक गर्दैछ। मन्त्री गिता चौधरीको उपस्थितिमा उक्त विवरण सार्वजनिक गर्न लागिएको हो। सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा सम्पन्न बाघ शिखर सम्मेलनको घोषणापछि बाघको तीव्र रूपमा घट्दो सङ्ख्या रोक्न र प्राकृतिक बासस्थानको संरक्षण गर्ने उद्देश्यले यो दिवस...










