कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिका गैडवा चोकमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।

ना ५ ख २३६४ नम्बरको ट्कको ठक्करबाट सडक किनारमा साइकल बनाउँदै गरेका २ सर्वसाधारण र  एक बालकको मृत्यु भएको हो।

मृत्यु हुनेहरूमा महाराजगंज नगरपालिका ३ गनवरियनका ७० वर्षीय र्घोल्लर कुर्मी र ४५ वर्षीय  विजय कुमार गुप्ता रहेका छन्। यसैगरी सोही ट्रकको ठक्करबाट महाराजगंज नगरपालिकाका स्थानीय १२ वर्षीय बालक आनन्द कश्यपको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक ३ जनाको शव जिल्ला अस्पताल तौलिहवामा राखिएको र ट्रक चालक प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।