मुग्लिन-नारायणगढ सडकखण्डमा सुख्खा पहिरो, सडक दुवैतर्फ अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन नजिकैको खहरे खोलामा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाउन सम्बन्धित स्थानमा आवश्यक उपकरण परिचालन गरिसकिएको छ । करिब डेढ घण्टाभित्र पहिरो पन्छाएर सवारी आवागमन पुनः सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ ।

पहिरोका कारण बाटोमै रोकिएका यात्रु तथा सवारी चालकलाई धैर्यतापूर्वक प्रतीक्षा गर्न सडक डिभिजनले आग्रह गरेको छ ।

पहिरो हटाउने कार्य तीव्र रूपमा भइरहेकाले अवस्था सामान्य भएपछि सवारी आवागमन पुनः सञ्चालन गरिने जनाइएको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।