इलाम । भारी तथा अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय इलामले असोज ८ गते बेलुकादेखि असोज ११ गते बिहानसम्म रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ। प्रशासनका अनुसार प्रत्येक दिन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मेची राजमार्ग, मेची करिडोरलगायत जिल्लाका सबै सडकमा सवारी सञ्चालनमा रोक लगाइनेछ । गत वर्षको वर्षाका कारण सडक तथा पुलहरू अझै जोखिमपूर्ण अवस्थामा...










