२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १३२ जना घाइते

२

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने काठमाडौँ उपत्यकामा एक जना, मधेश, सुदूरपश्चिम र बागमती प्रदेसमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १३२ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २२ जना घाइते भएका छन् भने कोशीमा ३५ जना, काठमाडौँ उपत्यकामा १० जना, सुदूरपश्चिममा १० जना, बागमतीमा ९ जना घाइते भएका छन् भने लुम्बिनीमा २३ जना, कर्णालीमा १३  र गण्डकीमा १० जना घाइते भएका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।