अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अ

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडास्थित सन्धिखर्क–किमडाँडा भित्री पक्की सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बिहीबार बिहान लु.५ त ५५६ नम्बरको ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनामा सन्धिखर्क नगरपालिका–८ काउली चौपारी पकले बस्ने अन्दाजी ३५/३६ वर्षीय सुरज विश्वकर्माको मृत्यु भएको हो ।

दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनास्थलमा सोकोसहित प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको छ । ट्याक्टर भने घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।