नारायणगढ-मुग्लिन सडकखण्ड आजराती बन्द हुने

न

चितवन । भारी बर्षाको सम्भावना भएपछि आजराती नारायणगढ-मुग्लिन सडक बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै चितवन आसपासमा निरन्तर बर्षा भइरहेको र अति भारी बर्षा हुन सक्ने सम्भावना रहेको मौसम विज्ञान विभागले जानकारी दिएकोले आज बेलुका ८ बजेदेखि शुक्रबार विहान ५ बजेसम्म नारायणगढ मुग्लिन सडक खण्डमा सबै किसिमका सवारी साधनको आवागमनमा पूर्ण रोक लगाइएको जनाएको छ ।

प्रशासनले अत्यावश्यक कामबाहेक राति यात्रा नगर्न र अत्यावश्यक अवस्थामा सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।