काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा सुदूरपश्चिम, कोशी र बागमती प्रदेसमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १३२ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने कोशीमा ४२ जना, काठमाडौँ उपत्यकामा १२ जना, सुदूरपश्चिममा ६ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा २५ जना, कर्णालीमा ७ र गण्डकीमा ६ जना घाइते भएका छन् ।

